Kathmandu Press

चितवनमा चिकित्सकसहित ८६ स्वास्थ्यकर्मीलाई कोरोना

भरतपुर, वैशाख २५ : चितवनमा कोरोना भाइरस रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन्। कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स,...
चितवनमा चिकित्सकसहित ८६ स्वास्थ्यकर्मीलाई कोरोना

भरतपुर, वैशाख २५ : चितवनमा कोरोना भाइरस रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन्। 

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जनामा कोरोना देखिएको छ। 

यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सात जना सङ्क्रमित भएको उनले बताइन्।

सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन्। उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन्। 

चितवनमा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ। जसमध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: ०८:१२ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्