Kathmandu Press

दाङमा एक साता थपियो निषेधाज्ञा

दाङमा एक साता थपियो निषेधाज्ञा

दाङ, वैशाख २५ :कोरोना भाइरसको संक्रमण नघटेपछि दाङमा निषेधाज्ञाको अवधि एक साता थपिएको छ। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रणका लागि निषेधाज्ञालाई जेठ १ गते बेलुका ६ बजेसम्म थप गर्ने निर्णय गरेको हो। यसअघि लगाएको निषेधाज्ञा आज बेलुका ६ बजे सकिँदै थियो। 

कोरोना संक्रमण बढेपछि वैशाख १७ गते बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो। अब थपिएको अवधिमा झन कडाइ गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। 

बैंक तथा वित्तीय संस्थालाई बिहान ११ देखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न दिइएको छ। त्यस्तै, विकास निर्माणका सामग्री ढुवानीका लागि बेलुका ६ देखि राति ९ बजेसम्म र अत्यावश्यक वस्तु खरिद बिक्री एवं ढुवानीका  लागि बिहान ७ देखि ८ बजेसम्मको समय तोकिएको छ। 

प्रकाशित मिति: ०७:५८ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्