Kathmandu Press

यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं, वैशाख २५ : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान...
यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं, वैशाख २५ : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको उल्लेख छ। पश्चिमी न्यून चापीय प्रणाली, पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावले वर्षाको सम्भावना रहेको जनाएको हो। 

त्यस्तै, आज राति पनि देशका अधिकांश पहाडी भूभागमा वर्षा हुने जनाएको छ। केही भूभागमा सामान्य र केही भूभागमा आंशिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ। 

तीन दिनको मौसमी पूर्वानुमान

वैशाख २५ गते दिउँसो : देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिः देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम साथै प्रदेश १ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

वैशाख २६ गते दिउँसो :  देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहनेछ। साथै उक्त प्रदेशका केही स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वैशाख २७ गते दिउँसो : देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहनेछ। साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:३९ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्