कामीरितासँगै १२ नेपाली आरोहीले चढे सगरमाथा
काठमाडौं, वैशाख २५ : कीर्तिमानी आरोही कामीरिता शेर्पासँगै १२ नेपाली आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। यस वर्षको वसन्त याममा पहिलो पटक शुक्रबार कामीरितासहित १२...
काठमाडौं, वैशाख २५ : कीर्तिमानी आरोही कामीरिता शेर्पासँगै १२ नेपाली आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।
यस वर्षको वसन्त याममा पहिलो पटक शुक्रबार कामीरितासहित १२ नेपाली आरोहीले सगरमाथा चढेका हुन्। बाटो निर्माणका लागि डोरी टाँग्ने क्रममा उनीहरू सगरमाथाको चुचुरोमा पुगेको आरोणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जनाएको छ।
शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुग्ने १२ नेपाली सोलुखुम्बु र संखुवासभाका छन्। सफल आरोहण गर्नेहरू कामीरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोटर शेर्पा, मिंगमा दोर्ची शेर्पा र फुर्बा कुसुङ शेर्पा रहेका छन्।
उनीहरूले सगरमाथा चढेसँगै यो वर्षको आरोहणको ढोका खुलेको छ। अब मौसम अनुकुल हुने वितिक्कै अन्य आरोही पनि सगरमाथा आरोहणको प्रयास गर्नेछन्।











-1790332718.jpg)