पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार
काठमाडौं, वैशाख २५ : कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ। उनी उपचाररत नर्भिक इन्टरनेसनल अस्पतालका अनुसार स्वास्थ्यमा सुधार आएप्छि...
काठमाडौं, वैशाख २५ : कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।
उनी उपचाररत नर्भिक इन्टरनेसनल अस्पतालका अनुसार स्वास्थ्यमा सुधार आएप्छि आईसीयूबाट साधारण बेडमा सारिएको छ। कोरोना संक्रमणपछि गम्भीर बनेकी शाहलाई प्लाज्मा थेरापि बिधिबाट उपचार गरिएको थियो।
भारतको कुम्भ मेलाबाट फर्केपछि उनलाई कोरोना देखिएको थियो। कोरोना संक्रमणले स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ७ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो।
त्यसयता उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उनलाई अक्सिजन दिँदै आइएको थियो।
पूर्वरानी शाहसँगै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिकारकुमारी प्रेरणा शाहलाई पनि कोरोना देखिएको थियो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य भइसकेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: ०७:१० बजे, शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)