Kathmandu Press

भारतमा एकै दिन थपिए चार लाख संक्रमित

काठमाडौं, वैशाख २५ : भारतमा एकै दिन चार लाखभन्दा बढी संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा चार लाख एक हजार तीन सय २६ जनामा कोरोना...
भारतमा एकै दिन थपिए चार लाख संक्रमित

काठमाडौं, वैशाख २५ : भारतमा एकै दिन चार लाखभन्दा बढी संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा चार लाख एक हजार तीन सय २६ जनामा कोरोना संक्रमण देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। केही दिनयता दैनिक चार लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन्। 

आज थपिएकासँगै भारतमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख ८६ हजार ६ सय ११ पुगेको छ। सक्रिय संक्रमित ३७ लाख ३१ हजार दुई सय ६१ पुगेका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

त्यस्तै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ। पछिल्लो २४ घण्टामा चार हजार एक सय ९४ जनाले ज्यान गुमाएका छन्। 

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३८ हजार दुई सय ६५ पुगेको छ। अझै पनि कयौं संक्रमितको अवस्था गम्भीर रहेको जनाएको छ। 

प्रकाशित मिति: ०७:०१ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्