अक्सिजन सिलिन्डर ल्याउन वाइडबडी चीन जाँदै
काठमाडौं, वैशाख २४ : अक्सिजन सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जान लागेको छ। चीन सरकारले अनुदानमा दिन लागेको अक्सिजन सिलिन्डर लिन वाइडबडी...
काठमाडौं, वैशाख २४ : अक्सिजन सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जान लागेको छ।
चीन सरकारले अनुदानमा दिन लागेको अक्सिजन सिलिन्डर लिन वाइडबडी जहाज वैशाख २७ गते बेइजिङ जान लागेको हो। अक्सिजन सिलिन्डर लिएर वैशाख २८ गते नेपाल फिर्ता हुने नेपाल एयरलाइन्सले जनाएको छ।
अक्सिजन सिलिन्डरसँगै भेन्टिलेटर पनि ल्याउन लागिएको छ। पहिलो खेपमा करिब चार सय अक्सिजन सिलिन्डरसँगै २० वटा भेन्टिलेटर ल्याउने निगमले जनाएको छ। चीन २० हजार अक्सिजन सिलिन्डर दिन लागेको हो।
प्रकाशित मिति: २०:२७ बजे, शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











