Kathmandu Press

कांग्रेस सभापति देउवा र प्रचण्डबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। 
कांग्रेस सभापति देउवा र प्रचण्डबीच भेटवार्ता
फाइल फाेटाे

काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। 

शुक्रबार साँझ देउवालाई माओवादी अध्यक्ष प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका हुन। दुवै नेताबीच समसामयिक राजनीतिक घटना क्रमका विषयमा छलफल भएको जनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन्। त्यसका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ। 

प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन नदिने विषयमा देउवा र प्रचण्डबीच छलफल भएको जनाएको छ। दुवै पार्टीले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। 

दुवै नेताबीच देउवाको नेतृत्वमा सरकार गठनका विषयमा पनि छलफल भएको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। माओवादीले पनि देउवालाई सघाउने तय गरेको छ। 

यसअघि बिहीबार नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले पनि देउवालाई भेटेका थिए। त्यस्तै, बुधबार प्रधानमन्त्री ओली पनि देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।

प्रकाशित मिति: २०:०७ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्