Kathmandu Press

कामीरिता शेर्पा २५औं पटक सगरमाथाको चुचुरोमा

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। 
कामीरिता शेर्पा २५औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं, वैशाख २४ : कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। 

उनी शुक्रबार सगरमाथाको चुचुरोमा पुगेका छन्। उनी डोरी टाँग्दै साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ। 

सगरमाथा आरोहणका लागि बाटो बनाउन डोरी टाँग्ने टोलीको नेतृत्व शेर्पाले गरेका थिए। उनीसँगै अन्य ११ जनामा पनि सगरमाथाको चुचुरोमा पुगेका छन्। 

उनले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसयता उनी शुक्रबार २५औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। 

शेर्पाको टोलीले सगरमाथाको चुचुरोमा टेकेसँगै वसन्त यामको आरोहणको ढोका खुलेको छ। अब मौसम अनुकुल रहेमा आरोहीहरू सगरमाथा आरोहणका लागि प्रयास गर्नेछन्। 

यस वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। 

प्रकाशित मिति: १९:१४ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्