Kathmandu Press

ढकालको थुनामुक्ति विवादमा दुई न्यायाधीशको राय बाझियो

बालुवाटारस्थित ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा मुछिएका मुख्य अभियुक्त शोभाकान्त ढकालको रिहाइ प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीशबीच राय बाझिएको छ।
ढकालको थुनामुक्ति विवादमा दुई न्यायाधीशको राय बाझियो

काठमाडौं, वैशाख २४ : बालुवाटारस्थित ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा मुछिएका मुख्य अभियुक्त शोभाकान्त ढकालको रिहाइ प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीशबीच राय बाझिएको छ।

ढकाल विशेष अदालतको आदेशअनुसार हाल पुर्पक्षका लागि थुनामा छन्। विशेषको आदेशविरुद्ध सर्वोच्चमा दायर भएको निवेदनमा शुक्रवार भएको सुनुवाइमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईबीच राय बाझिएको हो।

न्यायाधीश खतिवडाले ढकाललाई तीन करोड करोड रुपैयाँ धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्न पाउने सुविधा दिनुपर्ने राय दिएका छन्। अर्का न्यायाधीश डा. भट्टराईले भने धरौटीमा छाड्न नमिल्ने बताउँदै विशेष अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने गरी दिएको आदेश सदर हुने राय दिएका छन्।

ढकालको मुद्दामा अब खतिवडा र भट्टराईबाहेकका सर्वोच्चका तीन न्यायाधीश संलग्न पूर्ण इजलासबाट टुंगो लाग्ने छ। ढकालको हकमा गत माघ २८ गते विशेष अदालतले मुद्दाको अन्तिम फैसला नहुञ्जेल पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

प्रकाशित मिति: १८:०२ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्