Kathmandu Press

पर्वतारोहीमा कोरोना संक्रमण फैलिएको छैन, सबै सुरक्षित छन् : पर्यटन मन्त्रालय

काठमाडौं, वैशाख २४ : नेपालका विभिन्न हिमाल आरोहणका लागि गएका पर्वतारोहीहरु कोरोना संक्रमण नफैलिएको र सबै सुरक्षित रहेको संस्कृति, पर्यटन तथा नागकिर उड्डयन...
पर्वतारोहीमा कोरोना संक्रमण फैलिएको छैन, सबै सुरक्षित छन् : पर्यटन मन्त्रालय

काठमाडौं, वैशाख २४ : नेपालका विभिन्न हिमाल आरोहणका लागि गएका पर्वतारोहीहरु कोरोना संक्रमण नफैलिएको र सबै सुरक्षित रहेको संस्कृति, पर्यटन तथा नागकिर उड्डयन मन्त्रालय बताएको छ।

विभिन्न सञ्चार माध्याम पर्वतारोहीहरुमा कोरोना भाइरसको संक्रमण व्याकप रुपमा फैलिएको भन्ने समाचार प्रकाशित भएपछि मन्त्रालय शुक्रबार विज्ञप्ति जारी गर्दै पर्वतारोहण गतिविधि सम्पूर्ण स्वास्थ्य मापदण्डा पलाना गर्दै गरिएको र सबै पर्वतारोही सुरक्षित रहेको उल्लेख गरेको छ।

पर्वतारोहणका लागि यो सिजनमा ८६ टोलीका सात सय ४५ जनाले अनुमति लिएको र सबैको पीसीआर परीक्षण गरी रिपाोर्ट नेगेटिभ आएपछि मात्र पर्यटन विभागले आरोहणको अनुमति दिएको मन्त्रालयको भनाइ छ।

‘सबै आरोही दलको आरोहण गतिविधि पर्यटन विभागले हरेक दिन प्राप्त गरिरहेको छ। त्यसका लागि हरेक आरोही दलमा एक जना सम्पर्क अधिकृत खटाइएको छ’ मन्त्रालयले जारी गरेको विज्ञाप्तिमा भनिएको छ, ‘ती अधिकृहरुले दैनिक दलका प्रमुख नेताहरुसँग सम्पर्क गरिरहेका छन् र स्थलगत अनुगमन पनि गरिरहेका छन् । अहिले प्रचार गरिएजस्तो पर्वतारोहीमा कुनै स्वास्थ्य जोखिम छैन।’

मन्त्रालयले आधिकारिक नियकासँग सम्पर्क गरेर मात्र सत्यतथ्य बुझेर समाचार प्रकाशित गर्न आग्रह गरेको छ । साथै मन्त्रालयले भ्रमपूर्ण समाचार प्रकाशित गरेर पर्वतारोही र पदयात्रीका परिवारमा त्रास नफैलाउन पनि अग्रह गरेको छ।

प्रतिकुल अवस्थामा रहेका पर्वतारोही तथा पदयात्रीको उद्दारका लागि मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा कोभिड संकट सहजीकरण एवं समन्वय इकाइ गठन गरेको छ।

 

प्रकाशित मिति: १७:०० बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्