Kathmandu Press

पाँच लाख धरौटीमा रिहा हुने भए अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेत

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पाँच लाख धरौटीमा रिहा हुने भए अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेत

काठमाडौं, वैशाख २४ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

भौतिक पूर्वाधार मन्त्रालयको सचिव छँदा काठमाडौं बालुवाटारस्थित सरकारी स्वामित्त्वको जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले २८ मंसिर ०७७ मा बस्नेतलाई थुनामा राख्न आदेश दिएको थियो।
 

प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्