प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन्।गएको ३० मंसिरयता परिषद्को बैठक बसेको...
काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन्।
गएको ३० मंसिरयता परिषद्को बैठक बसेको छैन।
बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ। हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन्। समावेशी आयोगले पनि पूर्णता पाएको छैन।
प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)