यात्रुसँग तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारी पक्राउ
काठमाडौं, वैशाख २४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ।उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक...
काठमाडौं, वैशाख २४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ।
उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई शुक्रबार गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने बर्ष ३४ को राम सुरेल पक्राउ गरेको हो। काठमाण्डौं देखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग प्रतियात्रु ३ हजार देखी ४५ सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको महाशाखाले जनाएको छ।
यस्तै टोली परिचालन गरी विभिन्न स्थानहरुमा उनीहरुलाई खटाउने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिएको पाइए निग्रानीमा राखि नियन्त्रणमा लिने गरेको प्रमुख भट्टराईले बताए। साथै बढि भाडा लिएमा वा सार्वजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ ।











-1790332718.jpg)