Kathmandu Press

थप कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले थप कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको बताएको छ।
थप कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, वैशाख २४ : स्वास्थ्य मन्त्रालयले थप खोप खरिद गर्ने अवस्था नरहेको बताएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै भारतको सेरम इन्स्टिच्युटमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले थप खोप खरिद गर्न सक्ने अवस्था नरहेको बताएका हुन्।

‘खोप खरिद गर्न औषधि व्यवस्था विभागको अपातकालीन प्रयोगका लागि अनुमतिप्राप्त कोभिसिल्ड खोप २० लाख डोज चार डलरमा खरिद गरिएकोमध्ये १० लाख डोज प्राप्त गरिसकिएको, जसमा १० लाख बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम
इन्स्टिच्युट इन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई छैन।’

अन्य कम्पनीका खोपहरूले औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको र पाउने क्रममा रहेको मन्त्रालयको भनाइ छ। सरकारले कूटनीतिक र तथा अन्य माध्यमबाट खोप अरू खोप प्राप्त गर्न प्रयास गरिरहेको विज्ञप्तिमा दाबी गरिएको छ।
 

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्