विरोधपछि हङकङमा सुपुर्दगी विधेयक स्थगन
काठमाडौं, जेट ३२ : हङकङको सरकारले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने भएको छ।
विगत एक हप्तादेखि हङकङका नागरिकलाई चीन मुख्य भूमिमा ....
काठमाडौं, जेट ३२ : हङकङको सरकारले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने भएको छ।
विगत एक हप्तादेखि हङकङका नागरिकलाई चीन मुख्य भूमिमा सुपुर्दगी गर्न पाउने गरी विधेयक अघि बढेपछि चर्को विरोध हुदै प्रदर्शन भएको थियो । उक्त विधेयक अहिले स्थगित गरेको हङकङ सरकारकी मुख्य कार्यकारी क्यारी लामले आज घोषणा गरेकी छन्।
हङकङवासीको विरोधका बीच उनले यसअघि विधेयक रद्द गर्न अस्वीकार गर्दै आएकी थिइन्।
आज पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘विधेयकले समाजमा धेरै विभाजन ल्याएको छ । रोक्न र सोच्न सरकारलाई गरिएको आग्रह मैले सुनेको छु।’

उनले हङकङको मुख्य चासो शान्ति र सुव्यवस्था कायम गर्नु रहेको बताउदै विधेयक पारित गर्नुपर्ने हतारो अव नहुने बताएकी छन् ।
सरकारले ताइवानमा एक हत्याकाण्ड भएपछि सुपुर्दगी विधेयकले छिद्रहरू बन्द गर्ने र हङकङ अपराधीहरूका लागि सुरक्षित स्थल नहुने तर्क गर्दै आएको थियो।
उक्त विधेयकको विरोधमा हङकङको सडकमा हजारौँ मानिसहरूले विरुद्ध प्रदर्शन गरेका थिए । अझै आइतवार थप प्रदर्शन गर्ने योजना थियो।
प्रदर्शनकारीहरुले चीनको त्रुटीग्रस्त न्याय प्रणालीमा हङकङका मानिसहरूलाई समस्यामा पार्ने बताउदै त्यसले हङकङको न्यायिक स्वतन्त्रता थप खस्किने दावी गरेका थिए।
विधेयकमा के थियो विवाद?
विधेयकमा मूख्य भूमि चीन ताइवान र मकाउबाट अपराधिक सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था राखिएको थियो । ताइवानमा विदा मनाउन गएका बेला हङकङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो।
ल्याम सहित हङकङका अधिकारीहरूले शहरलाई अपराधीहरूबाट बचाउन त्यस्तो कानून आवश्यक रहेको बताउँर्दै आएका छन्।
तर कैयौँले चिनियाँ राज्यका राजनीतिक विपक्षीहरूलाई लक्षित बनाउन प्रयोग हुन सक्ने अनुमान गरेका छन् । यसले हङकङको स्वतन्त्रता हनन् हुने प्रदर्शनमा उत्रिएकाहरुको आरोप छ






