Kathmandu Press

प्रनेश गौतम प्रहरी हिरासतमै, थुनछेक बहस भोलि हुने

काठमाडौं, जेठ ३२ : साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतम प्रहरी हिरासतमै रहेको प्रहरीले जनाएको छ। 

’वीर विक्रम २&r....

प्रनेश गौतम प्रहरी हिरासतमै, थुनछेक बहस भोलि हुने

काठमाडौं, जेठ ३२ : साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतम प्रहरी हिरासतमै रहेको प्रहरीले जनाएको छ। 

’वीर विक्रम २’ को व्यंग्यात्मक समीक्षा गरेपछि साइबर अपराधको अभियोगमा गौतम जेठ २४ गते पक्राउ परेका थिए। गौतमले मेमे नेपाल नामक एक फेसबुक पेजका लागि ‘वीर विक्रम २’ को  व्यंग्यात्मक समीक्षा गरेका थिए। ‘वीर विक्रम २’ को  व्यंग्यात्मक समीक्षा  गरेर साइबर अपरात्र गरेको भन्दै फिल्मका निर्देशक तथा निर्माता मिलन चाम्सले प्रहरीमा उजुरी दिएका थिए। 

बिहीबार राति गौतमलाई जमानतमा हिरासतमुक्त गरिएको बताइएपनि उनी प्रहरीको नियन्त्रणमै रहेको जनाइएको छ।  काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले गौतम प्रहरी हिरासतमै रहेको र आइतबार अदालतमा हाजिर गराइने जानकारी दिए।  बिहीबार अबेर राति हिरासतमुक्त गरिएको नभई गौतमलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

गौतमविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। गौतमविरुद्धको मुद्दामा शुक्रबार नै बहस गर्ने गरी पेशी तोकिएको थियो। तर, सरकारी वकिल उपस्थित नभएपछि बहस भएको थिएन। गौतमविरुद्धको थुनछेक बहस भोलि (आइतबार) हुनेछ। 

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, जेठ ३२, २०७६