Kathmandu Press

दाङमा सिमेन्ट उद्योगको ढलान भत्किँदा तीन मजदुरको मृत्यु

लमही, जेठ ३२ : दाङमा निर्माणाधीन भवनको ढलान भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ। अन्य तीन जना मजदुर घाइते भएका छन्। 

लमही नगरपा....

दाङमा सिमेन्ट उद्योगको ढलान भत्किँदा तीन मजदुरको मृत्यु
सांकेतिक

लमही, जेठ ३२ : दाङमा निर्माणाधीन भवनको ढलान भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ। अन्य तीन जना मजदुर घाइते भएका छन्। 

लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगको भवन निर्माण गर्ने क्रममा ढलान भत्किँदा शनिबार बिहान तीन जना मजदुरको मृत्यु भएको हो। उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणका क्रममा बिहान २ बजे ढलान भत्किएको थियो। 

ढलान भत्किँदा भारत झारखण्डका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए। 

ढलान भत्किँदा च्यापिएर अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएको सिंहले बताए। घाइतेमध्ये अजय र नरेनको लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ भने दिपेन  फलोरेन्स अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज भएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: ११:५९ बजे, शनिबार, जेठ ३२, २०७६