Kathmandu Press

नयाँ अध्ययन भन्छ- गर्भनिरोधक सुइँले एचआइभी संक्रमणको जोखिम बढाउँदैन

गर्भनिरोधक सुइँले महिलामा एचआइभी संक्रमणको जोखिम बढाउन सक्छ भन्ने ३० वर्ष लामो चिन्ताको अन्त्य भएको छ । द लान्सेटमा प्रकाशित एक अध्ययन प्रतिवेदनले गर्भनिरोधक सुइँले जो....

 नयाँ अध्ययन भन्छ- गर्भनिरोधक सुइँले एचआइभी संक्रमणको जोखिम बढाउँदैन

गर्भनिरोधक सुइँले महिलामा एचआइभी संक्रमणको जोखिम बढाउन सक्छ भन्ने ३० वर्ष लामो चिन्ताको अन्त्य भएको छ । द लान्सेटमा प्रकाशित एक अध्ययन प्रतिवेदनले गर्भनिरोधक सुइँले जोखिम नबढाउने नतिजा सार्वजनिक गरेको हो।

यद्यपि दक्षिणी अफ्रिकी महिलामा एचआइभी संक्रमण दर अनुमान गरेभन्दा धेरै रहेको अध्ययनमा उल्लेख गरिएको छ । एचआइभी संक्रमण विरूद्ध कार्यरत एउटा अग्रणी संस्थाले यसलाई सार्वजनिक स्वास्थ्य संकट बताएको छ।

एचआइभी संक्रमण दर उच्च भएका धेरै अफ्रिकी देशका महिला गर्भनिरोधका लागि ‘डिएमपिए–आइएम’ प्रयोग गर्दछन् । यसलाई ‘डिपो–प्रोभेरा’ भनेर पनि चिनिन्छ । यो तीन महिने सुँइ हो । गर्भनिरोधका साधन प्रयोग गरेको थाहा नदिन त्यहाँका महिला यो सुँइ प्रयोग गर्दछन्।

Hardik ivf

तीन दशकदेखि ठूलो चिन्ता थियो । गर्भनिरोधक साधनको रूपमा ‘प्रोजेस्टोजेन–मात्रै’ भएको सुइँ प्रयोग गर्ने महिला एचआइभी संक्रमित हुने सम्भावना दोब्बर बढी भएको प्रमाण सन् २०११ मा द लान्सेटमै छापिएको थियो।

सन् २०१२ मा विश्व स्वास्थ्य संगठनले यौन जोडीलाई कण्डमको प्रयोग गर्न सल्लाह दियो । तर केही समुदायमा यो सजिलै लागु भएन । ‘सब–सहारन’ अफ्रिकामा झण्डै ६० प्रतिशत नयाँ संक्रमण महिलामा देखा पर्छ । एचआइभीको संक्रमण रोकथाम गर्ने तथा महिलाकै नियन्त्रण रहने गर्भनिरोधका नयाँ विधि ल्याउन आवाज पनि नउठेको होइन।

सन् २०१५ मा लान्सेट इन्फेक्सियस डिजिजमा प्रकाशित थप अनुसन्धानात्मक लेखमा गर्भनिरोधका लागि ती सुँइको प्रयोग गर्ने महिला एचआइभी संक्रमित हुने ४० प्रतिशत बढी सम्भावना भएको उल्लेख गरियो । तर अनिच्छित गर्भधारणले महिलाको जीवनमा ल्याउने जोखिमलाई पनि सन्तुलनमा राख्नुपर्ने अनुसन्धानका लेखकहरूले बताएका थिए । अनिच्छित गर्भले महिलाको जीवन खतरामा पार्ने उत्तिकै सम्भावना हुन्छ।

‘एभिडेन्स फर कन्ट्रासेप्टिभ अप्सन्स एन्ड एचआइभी आउटकम्स–एको’ नामक लान्सेटमा प्रकाशित सो नयाँ अध्ययनलाई विवाद अन्त्य गर्नका निम्ति तयार गरिएको थियो । ‘हर्माेनल’ सुइँ प्रयोग गर्ने महिला र ‘इन्ट्रायुटेरिन डिभाइस’ वा ‘आइयुडि’ वा ‘इम्प्लान्ट’ प्रयोग गर्ने महिलाको एचआइभी संक्रमण दरलाई अध्ययनले तुलना गरेको थियो । अध्ययनमा इस्वातिनी, केन्या, दक्षिण अफ्रिका र जाम्बियाका झण्डै आठ हजार महिला सहभागी थिए।

‘हामीले गरेको ¥यान्डमाइज्ड ट्रायलमा मुल्याङ्कन गरिएका गर्भनिरोधक विधिबीच एचआइभीको जोखिममा उल्लेखनीय भिन्नता भएको पाइएन । गर्भनिरोधका लागि सबै विधि सुरक्षित र सबैभन्दा प्रभावकारी थिए,’ अध्ययन प्रतिवेदनका सहलेखक तथा अमेरिकास्थित युनिभर्सिटी अफ वाशिङ्टन प्राध्यापक जारेड बेटनले बताए ।
अब विश्व स्वास्थ्य संगठनले आफ्नो नयाँ निर्देशिकाको समीक्षा गर्नेछ । सुइँदेखि डराउनु नपर्नै वा गर्भधारण र एचआइभी संक्रमणमध्ये कुनै विकल्प एउटा रोज्नुपर्ने सुझाव दिने सम्भावना छ।

तर परीक्षणमा सहभागी महिलामा एचआइभी संक्रमण दर, ३.८ प्रतिशत, चिन्ताजनक रूपले उच्च छ । २५ वर्षभन्दा कम उमेरका महिलामा अझ गम्भीर छ । संक्रमण दर ३ प्रतिशतको ‘उल्लेखनीय जोखिम’भन्दा उच्च छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो स्तरमा पुगेपछि ‘प्रेप’ अर्थात् ‘प्रि–एक्सपोजर प्रोफाइल्याक्सिस’ नामक दैनिक सेवन गर्नुपर्ने ‘एन्टिभाइरल’ औषधिको प्रयोग सुरू गर्नुपर्छ । यसले संक्रमणबाट सुरक्षा दिन्छ।

‘यो अध्ययनले यी उच्च जोखिम भएा देशमा विशेष गरी युवा महिलाबीच एचआइभी रोकथामका प्रयासलाई अझ प्रभावकारी रूपमा बढाउनुपर्ने आवश्यकता भएको औंल्याएको छ,’ डा. ¥याचेल ब्यागलीले भने । उनी विश्व स्वास्थ्य संगठनको एचआइभी तथा हेपाटाइटिस विभागमा काम गर्छन्।

‘यस अन्तर्गत एचआइभी परीक्षण र गर्भनिरोध सेवा कार्यक्रमभित्र एचआइभी रोकथामको वृहत विकल्प पनि समावेश गर्नुपर्छ।’

योहान्नेसबर्ग, दक्षिण अफ्रिकास्थ्ति युनिभर्सिटी अफ विटवाटेसरान्डका प्राध्यापक हेलेन रिसले भने,‘यो नतिजाले शंका र डर हटाएको छ । तर हाम्रो निष्कर्ष दुखद पनि छ किनभने यसले अफ्रिकाका युवा महिलामाझ एचआइभी संक्रमण अत्यधिक भएको देखाएको छ।’

एचआइभी विरूद्ध विश्वभरी पैरवी गर्ने एभीएसी नामक संस्थाले राम्रो र नराम्रो दुवै समाचार भएको बताएको छ । परीक्षणले गर्भनिरोधक सुइँ सुरक्षित भएको पुष्टि गरेको छ । अर्काेतिर यसले ‘पूर्व र पश्चिम अफ्रिकाका महिला र बालिका एचआइभी संक्रमणको उच्च जोखिममा रहेको स्मरण गराएको छ । अध्ययनले देखाएको औसत चार प्रतिशत एचआइभी संक्रमण दरले त्यस क्षेत्रका महिलाको स्वास्थ्य संकटमा रहेको देखाएको छ,’ एभीएसीका कार्यकारी निर्देशक मिचल वार्रेनले बताए।

परीक्षणका सहभागीलाई उच्च जोखिममा रहेको मानिएन । ‘यो परीक्षणका सहभागी हाम्रा दिदीबहिनी, छोरी र आमा हुन् । उनीहरू गर्भनिरोध मात्रै चाहन्थे,’ इन्टरनेसनल कम्युनिटी अफ वुमेन लिभिङ विथ एचआइभी÷एड्स इस्र्टन अफ्रिकाका कार्यकारी निर्देशक लिलियन म्वोरिकोले बताए। 

‘प्रेप र महिला कण्डम तथा साथी सहयोग र तालिमप्राप्त सेवा प्रदायक लगायत प्रत्येक परिवार नियोजन क्लिनिकमा एचआइभी रोकथामका उपाय कार्यान्वयन गर्नुपर्ने समय आएको छ।’

अध्ययनको सल्लाहकार समूहका सदस्य इभेत राफाइलले महिलालाई एचआइभी संक्रमणसहित गर्भनिरोधका लागि धेरै विकल्प आवश्यक भएका बताए । ‘एको परीक्षणको तथ्याङ्क जे भए पनि, महिलाका लागि उपलब्ध गर्भनिरोधका सिमीत विकल्प उपयुक्त होइन । यो नतिजाले महिलालाई प्राथमिकतामा राख्ने र परिणाममुखी काम हुनेमा हामी आशावादी छौं । महिलालाई अझ धेरै विकल्प चाहन्छन्,’ उनले भने।

-द गार्जियनबाट अनुवाद


 

प्रकाशित मिति: ०७:०६ बजे, शनिबार, जेठ ३२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्