गुठि विधेयक संसदमा पास हुन दिदैनौ : देउवा
हेटौंडा, जेठ ३० : कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको गुठी सम्बन्धी बिधेयक संघीय संसदमा कुनै पनि हालतमा पास हुन नदिने बताएका छन्....
हेटौंडा, जेठ ३० : कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको गुठी सम्बन्धी बिधेयक संघीय संसदमा कुनै पनि हालतमा पास हुन नदिने बताएका छन्।
नेपाल साँस्कृतिक संघले हेटौडामा आयोजना गरेको प्रशिक्षण भेलालाई सबोधन गर्दै देउवाले स्वतन्त्र सँस्थाहरुको अधिकारलाई खोस्ने पक्षमा सरकार देखिएको आरोप लगाए । देउवाले गुठी नेपालको सस्कृतिक र सभ्यता भएकाले कांग्रेस नेकपाको यस्तो षणयन्त्रलाई पुरा हुन नदिने पक्षमा रहेको बताए।
‘दुई तिहाइको दम्भमा सरकार अघि बढिरहेको छ । धेरै कुरामा बन्देज लगाउन खोजेको छ’ देउवाले भने, ‘हामी सरकारका यस्ता गलत कामको डटेर विरोधमा उत्रन्छौ ।’
देउवाले सरकारले प्रेसमाथि पनि आक्रमण गरेर एकदलिय तानाशाह लादेन खोजेको पनि बताए । ‘एउटा स्वतन्त्र सँस्थालाई अंकुश लगाउनका लागि सरकारले बिधेयक ल्याउँदै छ । कांग्रेस कहिले पनि त्यसको पक्षमा रहँदैन’ देउवाले भने।
सरकारले मानवअधिकार आयोगको अधिकार खोसेर तानाशाह र निरंकुशताको संकेत दिएको पनि उनको आरोप छ।
सरकारले कानुनी राज्यको महशुस जनतालाई दिन नसक्दा हरेक दिन अपराध बढ्दै गएको पनि देउवाले बताए ।






