शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं, जेठ ३१ : पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
पूर्वमन्त्री पौडेलको आ....

काठमाडौं, जेठ ३१ : पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
पूर्वमन्त्री पौडेलको आज बिहान ७ बजे हृदयघातका कारण निधन भएको थियो।
आजको बैठकमा बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव पढेर सुनाएका थिए। उनको निधनमा सांसदहरूले एक मिनेट मौन धारण गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।
त्यस्तै, विधेयकमाथिको शुक्रबारको छलफलको कार्यक्रम असार ३ गतेलाई सारिएको संसद सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, जेठ ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार