Kathmandu Press

भायनेटको नयाँ शाखा इटहरीमा

काठमाडौं, जेठ ३१ : इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले इटहरीमा नयाँ शाखा सञ्चालन गरेको छ।

नेपालभर सेवा विस्तार गर्ने लक्ष्यसहि....

भायनेटको नयाँ शाखा इटहरीमा

काठमाडौं, जेठ ३१ : इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले इटहरीमा नयाँ शाखा सञ्चालन गरेको छ।

नेपालभर सेवा विस्तार गर्ने लक्ष्यसहित भायनेटले इटहरीको नमुना चोकमा १४औं शाखा खोलेको हो। गत १९ वर्षदेखि भायनेटले ब्रोड–ब्यान्ड सेवा प्रदान गर्दै आएको छ।

सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात एफटीटीएच इन्टरनेट सेवा सुरू गरेको थियो।

त्यस्तै, सन् २०१६ देखि उच्चस्तरीय टिभी सेवा प्रदान गर्दै आएको छ। ८० भन्दा बढी एचडी च्यानलसहित दुई सय ३० वटा च्यानल भएको नेट टिभीसँग साझेदारी गरेको थियो।

अहिले भायनेट राम्रो सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकमा चिनिएको छ।

अहिले ग्राहकको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप प्रदान गर्दै आएको छ।

 

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, जेठ ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्