Kathmandu Press

एक्साभेटरले ठक्कर दिँदा तीनको मृत्यु, पाँच घाइते

महेन्द्रनगर, जेठ ३१ : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान एक्साभेटरले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जन....

एक्साभेटरले ठक्कर दिँदा तीनको मृत्यु, पाँच घाइते

महेन्द्रनगर, जेठ ३१ : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान एक्साभेटरले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

पश्चिमबाट आइरहेको से १ त ७३३ नं.को एक्साभेटरले ठक्कर दिँदा मे १ ह ७६३ नं.को अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

त्यसगैरी अटोमा सवार पाँच जना घाइते भएका छन्। घाइतेको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर विष्टले मृतकको सनाखत हुन नसकेको बताए।

दुर्घटनामा घाइते हुनेमा भीमदत्त नगरपालिका–१० का १८ वर्षीय जगदीश पार्की, बैतडीको देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीय छोरा निशान्त बोहरा, भीमदत्त नगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन्।

दुर्घटना भए लगत्तै एक्साभेटर चालक भने भागेका छन्।

प्रकाशित मिति: ११:२३ बजे, शुक्रबार, जेठ ३१, २०७६