Kathmandu Press

साइबर अपराधमा पक्राउ परेका प्रनेश गौतम जमानतमा रिहा

काठमाडौं, जेठ ३१ : वीर विक्रम २ चलचित्रको समीक्षा गरेबापत् साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले जमानतमा रिहा गरेको छ। 

....
साइबर अपराधमा पक्राउ परेका प्रनेश गौतम जमानतमा रिहा

काठमाडौं, जेठ ३१ : वीर विक्रम २ चलचित्रको समीक्षा गरेबापत् साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले जमानतमा रिहा गरेको छ। 

महानगरिय प्रहरी अपराध महाशाखाले गौतमलाई बिहीबार राति ८ बजे प्रहरीको सम्पर्कमा रहने गरी रिहा गरेको हो । 

गौतमको पक्राउले वाक स्वतन्त्रतामा प्रहार गरेकोभन्दै चौतर्फि विरोध भएको थियो । 

गौतमलाई वीर विक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीमा आधारमा प्रहरीले एक हप्ता अघि पक्राउ गरेको थियो।

बिहीबार प्रहरीले गौतमलाई साइबर अपराध अभियोगमा अनुसन्धान अगाडी बढाएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो। 

प्रकाशित मिति: ०९:५३ बजे, शुक्रबार, जेठ ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्