काठमाडौंमा रात्री बस चलाउने निर्णय फिर्ता
काठमाडौं, जेठ ३१ : असार १ गते आइतबारदेखि काठमाडौंमा ‘रात्री बस सेवा’ पुनः सुरु गर्ने निर्णयबाट सरकार केही घण्टामे पछि हटेको छ।
ब....

काठमाडौं, जेठ ३१ : असार १ गते आइतबारदेखि काठमाडौंमा ‘रात्री बस सेवा’ पुनः सुरु गर्ने निर्णयबाट सरकार केही घण्टामे पछि हटेको छ।
बसको भाडादर तोक्दै कुन कम्पनीले कुन रुटमा रात्री सेवा सुरु गर्ने भन्ने विज्ञप्ति सार्वजनिक गरेको केही घेण्टामै अर्को विज्ञप्ति जारी गर्दै उक्त निर्णयबाट पछि हटेको छ।
बिहीबार साँझ विज्ञप्ति जारी गर्दै विभागले रात्री बस चलाउने निर्णय तत्कालका लागि फिर्ता लिएको जनाएको छ।
यातयात व्यवस्था विभागले विभिन्न १२ वटा कम्पनीलाई १८ रुटमा रात्री बस चलाउन अनुमति दिइएको थियो । बिहीबार नै रात्री बसको न्युनतम् भाडा २५ रुपैयाँ पनि तोकेको थियो । तर विभागले भाडावृद्धिसहित रात्री बस संचालनको निर्णय पनि फिर्ता लिएको छ।