Kathmandu Press

गुठी प्रथा सामन्तवादको स्वरुप : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, जेठ ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक मूल्य, मान्यतालाई कायम राख्न सामन्तवाद अन्त्य गर्ने गरी सरक....

गुठी प्रथा सामन्तवादको स्वरुप : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, जेठ ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक मूल्य, मान्यतालाई कायम राख्न सामन्तवाद अन्त्य गर्ने गरी सरकारले गुठीसम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। 

मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटमा सरकारका प्रवक्ता बाँस्कोटाले काठमाडौं उपत्यका र उपत्यका बाहिरका गुठीबारेका सवाल फरकफरक भएकाले सरोकार भएकाले उठाएका विषय कानून निर्माणका क्रममा सम्बोधन गरिने बताए। 

उनले भने,‘नयाँ राजीतिक प्रणाली र संविधान अनुकूल नयाँ कानून बनाउने क्रममा पुराना कानून विस्थापन गरी नयाँ कानून आउन थालेका हुन्। गुठीसम्बन्धी विधेयकले सामन्तवादी उत्पादन प्रणाली अन्त्य गरी भूमिहीन किसानका समस्या समाधान गरी समाजवादको बाटो लानेछ। विधेयकमा कुनै त्रुटि भए छलफल गरिनेछ।’ 

‘मिडिया काउन्सिल विधेयक’ लाई पनि प्राप्त सुझावका आधारमा संसद्ले उचित छलफल गरेर पारित गर्ने जनाउँदै उनले सरकारले प्रेस स्वतन्त्रतामा तरबार नचलाउने स्पष्ट गरे। ‘विधेयक फिर्ता हुन्न, संसद्मा छलफल हुन्छ। समृद्ध बनाइनेछ। हामी लोकतन्त्रको उपभोक्ता होइनौँ, संस्थापक हौँ। हामीलाई प्रेस स्वतन्त्रताको मर्म राम्रोसँग थाहा छ। श्रमजीवी पत्रकारले न्यूनतम् पारिश्रमिक पाउनुपर्छ भनेर अडान लिँदा मेरो भनाइ मन परेन भने म के गर्न सक्छु?’ उनले भने।

लोकसेवा आयोगले स्थानीय तहको कर्मचारीका लागि गरेको विज्ञापन रद्द गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले त्यस्तो प्रकारको निर्देशन नआएको भए उचित हुने भनी प्रतिक्रिया दिए।

विज्ञापन स्थानीय तहको मागलाई ध्यानमा राखेर प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म संविधान र समायोजन ऐनका आधारमा गरिएकाले सांसदहरुले बुझेरै निर्णय गरेको अपेक्षा आफूहरुले गरेको उल्लेख गर्दै यसबारे सरकारले ठोस धारणा बनाइनसकेको जानकारी दिए।
 

प्रकाशित मिति: १९:५० बजे, बिहीबार, जेठ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्