Kathmandu Press

उपेन्द्र यादवको चेतावनी– तत्काल संविधान संशोधन नभए सरकार छोड्छौं

काठमाडौं, जेठ ३० : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

स....

उपेन्द्र यादवको चेतावनी– तत्काल संविधान संशोधन नभए सरकार छोड्छौं

काठमाडौं, जेठ ३० : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले संविधान संशोधन गर्ने शर्तमा आफूहरु सरकारमा सहभागी भएकाले त्यो काम नभए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।

दल दर्ताका लागि बिहीबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेका यादवले पत्रकारहरुसँग कुराकानी गर्दै तत्काल संविधान संशोधन नभए सरकारमा बाहिरिने बताए। उनले आफ्नो दल संविधानमा रहेका त्रुटी र कमीकमजोरीलाई सच्याउनका लागि संशोधन गर्ने शर्तका साथ सरकारमा सहभागी भएको स्मरण गर्न नेकपालाई आग्रह गरे।

उनले मधेसी जनताका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुको विकल्प नरहेको बताए। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भएपछि एकीकृत दलको नाम समाजवादी पार्टी नेपाल राखिएको थियो। एकता घोषणा हुँदा तत्कालीन समाजवादी फोरम र नयाँ शक्तिबीच संविधान संशोधन नभए सरकारबाट बाहिरिने सहमति भएको थियो। 
 

प्रकाशित मिति: १९:०५ बजे, बिहीबार, जेठ ३०, २०७६