Kathmandu Press

वरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पताल भर्ना

काठमाडौं, वैशाख १७ : वरिष्ठ गायक प्रेमध्वज प्रधान अस्वस्थ भएका छन्। वरिष्ठ गायक प्रधान अस्वस्थ भएपछि शुक्रबार काठमाडौं न्यूरो अस्पताल भर्ना गरिएको फिल्म निर्माता एवं...
वरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पताल भर्ना

काठमाडौं, वैशाख १७ : वरिष्ठ गायक प्रेमध्वज प्रधान अस्वस्थ भएका छन्। 

वरिष्ठ गायक प्रधान अस्वस्थ भएपछि शुक्रबार काठमाडौं न्यूरो अस्पताल भर्ना गरिएको फिल्म निर्माता एवं कवि प्रकाश सायमीले जनाएका छन्। उनलाई केही दिनदेखि विसन्चो भएको जनाएको छ। 

८२ वर्षीय प्रधानको पाँच वर्ष अघि ‘हेमाटोमा’को शल्यक्रिया गरिएको थियो। उनलाई कोरोना भएको आशंका गरिएको कवि सायमीले जनाएका छन्। 

वरिष्ठ गायक प्रधानले थुप्रै गीतमा स्वर दिएका छन्। उनका ‘पर लैजाउ फूलहरू, घुम्तिमा नआऊ है, गोरेठो त्यो गाउँको, यो नानीको शिरैमा, देउरालीमा बतास’लगायतका थुप्रै चर्चित गीत छन्। 
 

प्रकाशित मिति: १९:३१ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्