करारमा कर्मचारी नियुक्ति गर्न हुँदैन: पौडेल
विराटनगर, जेठ ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताएका छन्।
विराटनगर विम....

विराटनगर, जेठ ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताएका छन्।
विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले भने,‘लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकाले त्यसको निर्णय सबैले मान्नुपर्छ।’
पौडेलले निष्पक्ष र स्वतन्त्र ढंगले कर्मचारी छनोट गर्ने प्रक्रिया लोकसेवा आयोगले गर्न पाउनुपर्नेमा जोड दिए। उनले राज्य व्यवस्था तथा सुशासन समितिको करारमा नियुक्ति गर्न दिनुपर्ने निर्णय सही नभएको टिप्पणी गरे।
एक प्रश्नको जवाफमा नेता पौडेलले पार्टीको महाधिवेशन समयमा गर्न आफूले पहिलेदेखि नै आग्रह गरिरहेको बताए। उनले महाधिवेशनको मिति एक वर्ष सारिए निर्वाचनमा प्रभाव पर्ने र पार्टीलाई नोक्सानी हुने स्पष्ट पारे।











