Kathmandu Press

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

पर्सा, वैशाख १७ : कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ। पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१...
कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

पर्सा, वैशाख १७ : कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ। पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो।

बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्ष्यण देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ ।

कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई  –२ भेडिहारीस्थित  निवासमा बिहानै लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए।

चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। 
 

प्रकाशित मिति: १०:४९ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्