Kathmandu Press

क्लासिकटेकले ल्यायो ‘तुफान’ अफर 

काठमाडौं, वैशाख १६ : इन्टरनेट सेवा प्रदायक क्लासिकटेले ‘तुफान’ अफर सार्वजनिक गरेको छ ।सरकारले जारी गरेको निषेधाज्ञाका कारण विभिन्न संस्थाका कर्मचारीहरूले घरबाटै काम...
क्लासिकटेकले ल्यायो ‘तुफान’ अफर 

काठमाडौं, वैशाख १६ : इन्टरनेट सेवा प्रदायक क्लासिकटेले ‘तुफान’ अफर सार्वजनिक गरेको छ ।

सरकारले जारी गरेको निषेधाज्ञाका कारण विभिन्न संस्थाका कर्मचारीहरूले घरबाटै काम गर्ने र विद्यार्थीहरूले पनि अनलाइन कक्षा लिनुपर्ने भएकाले उनीहरूको लागि तुफान अफर ल्याइएको हो ।

उक्त अफर अन्तर्गत सेवाग्राहीले ५० एमबिपिएसदेखि १ सय एमबिपिएससम्मको हाई स्पिड इन्टरनेट र निःशुल्क आइपिटिभि पाउन सक्नेछन् । सेवाग्राहीले प्रतिमहिना मात्र १ हजार २५० रुपैयाँमा ५० एमबिपिएस पाउनेछन् । जसमा २ वटा आइपिटिभि निःशुल्क हेर्न पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।  

यस्तै प्रति महिना १ हजार ४०० रुपैयाँमा ८० एमबिपिएसका साथ ३ वटा आइपिटिभि र प्रति महिना १ हजार ८०० रुपैयाँमा १ सय एमबिपिएसका साथ ३ वटा आइपिटिभि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले आफ्ना पुराना ग्राहकका लागि समेत तुफान रिचार्ज अफर ल्याएको छ । जसअन्तर्गत ५०, ८० र १ सय एमबिपिएस रिचार्जमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको कम्पनीले जनाएको छ।
 

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्