Kathmandu Press

काठमाडौं महानगरभित्र निषेधाज्ञा अवधिभर निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं, वैशाख १६ : निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघबिच सम्झौता भएको छ । हृदयाघात, मृगौलाको बिरामी र आकस्मिक...
काठमाडौं महानगरभित्र निषेधाज्ञा अवधिभर निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं, वैशाख १६ : निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघबिच सम्झौता भएको छ । 

हृदयाघात, मृगौलाको बिरामी र आकस्मिक बिरामीलाई प्राथमिकतामा राखी निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्ने सम्झौता भएको हो। 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण सवारी चल्न नपाउने र सार्वजनिक यातायात प्रयोग गर्न नसकिने भएकोले बिरामी र उनका परिवारलाई पर्ने असहज परिस्थितिलाई सजिलो बनाउन यो सम्झौता गरिएको महानगरले जनाएको छ।

उक्त सेवा अन्तर्गत घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा दिइनेछ। सम्झैता अनुसार, यो सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हुनेछ।

सेवावापतको महानगरले १५ दिनका लागि प्रति एम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ भने संघले १५ दिनका लागि २४ सै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ ।

बिरामीले उक्त सेवा लिनका लागि हटलाइन ११८० मा सम्पर्क गर्न सकिने व्यवस्था रहेको महानगरले जनाएको छ।
 

प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्