Kathmandu Press

एकै परिवारका ७ जनालाई कोरोना,  एकको मृत्यु

इनरुवा, वैशाख १६ : सुनसरीको इनरुवा नगरपालिका–३ मा एउटै परिवारका ७ जना कोरोना संक्रमितमध्ये एक वृद्धाको निधन भएको छ। उनी बुधबार होम आइसोलेसनमा थिइन्।वडा...
एकै परिवारका ७ जनालाई कोरोना,  एकको मृत्यु

इनरुवा, वैशाख १६ : सुनसरीको इनरुवा नगरपालिका–३ मा एउटै परिवारका ७ जना कोरोना संक्रमितमध्ये एक वृद्धाको निधन भएको छ। उनी बुधबार होम आइसोलेसनमा थिइन्।

वडा अध्यक्ष कालुराम गुरुङका अनुसार कोरोना पुष्टी भएपछि आइसोलेसन बसेकी ८४ वर्षीया वृद्धाको बुधवार बेलुकी नै निधन भएको हो। नोबेल मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणबाट वृद्धासँगै परिवारका सबैमा कोरोना पुष्टी भएको थियो।

छोराको स्वास्थ्यमा पनि गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ। परिवारका पाँच जना होम आइसोलेसनमा छन्।

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्