स्वास्थ्य सामाग्रीमा कर छुट दिने सरकारको निर्णय
काठमाडौं, वैशाख १६ : सरकारले स्वास्थ्य सामाग्रीमा कर छुट दिने भएको छ। वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा कर छुट...
काठमाडौं, वैशाख १६ : सरकारले स्वास्थ्य सामाग्रीमा कर छुट दिने भएको छ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको हो।
कोरोना संक्रमणको जोखिम बढिरहेको बेला सरकारले उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीहरुको आयातमा कर छुट दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन लगायत सामग्री आयातमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्य शुल्क समेत छुट दिइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











