Kathmandu Press

सेती प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

डोटी, वैशाख १६ : सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्युु भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कोरोना...
सेती प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

डोटी, वैशाख १६ : सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्युु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको हो।
 
निर्देशनालयका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका सङ्क्रमितको आइसीयूमा उपचार भइरहेको थियो।

श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनियासमेत भएको थियो। लम्कीचुहाका सङ्क्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए। उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ।
 

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्