Kathmandu Press

विद्युत् उत्पादन, प्रसारण र निर्माणलाई अत्यावश्यक क्षेत्रमा समेट्न माग

काठमाडौं, वैशाख १६ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले विद्युत् उत्पादन, प्रसारण र निर्माणका क्षेत्रलाई अत्यावश्यक सेवाको क्षेत्रमा समेट्न माग गरेको...
विद्युत् उत्पादन, प्रसारण र निर्माणलाई अत्यावश्यक क्षेत्रमा समेट्न माग

काठमाडौं, वैशाख १६ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले विद्युत् उत्पादन, प्रसारण र निर्माणका क्षेत्रलाई अत्यावश्यक सेवाको क्षेत्रमा समेट्न माग गरेको छ। 

इपानले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाकाको समयमा विद्युत् आपूर्तिमा समस्या आउदा जनतालाई प्रत्यक्ष असर गर्ने भएकाले विद्युत् क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्न माग गरेको हो। निषेधाज्ञाको समयमा घरैबाट सेवा प्रवाह गर्नुपर्ने अवस्था रहे पनि विद्युत् आपूर्तिमा समस्या हुँदा सेवा प्रवाहमा नै अवरोध आउन सक्ने भन्दै इपानले विद्युत्सँग सम्बन्धित व्यक्तिलाई आवातजावतमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ। 

इपानको बुधबार बसेका १२८औँ कार्यसमिति बैठकले विद्युत् आयोजना सञ्चालन, निर्माण तथा मर्मतजस्ता अत्यावश्यक कार्य अगाडि बढाउन आवश्यक जनशक्ति तथा मालसामान परिचालन गर्न आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा निर्वाध सवारी साधान आवातजावत गर्न दिन पनि इपालने माग गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै काठमाडौँ उपत्यकासहित केही जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। 

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्