Kathmandu Press

द्रुतमार्ग दोस्रो प्याकेजको ठेक्का रोक्न सेनालाई लेखाकाे निर्देशन

काठमाडौं, वैशाख १६ : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई-मधेस द्रुतमार्ग दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ। समितिले बुधबार एक...
द्रुतमार्ग दोस्रो प्याकेजको ठेक्का रोक्न सेनालाई लेखाकाे निर्देशन

काठमाडौं, वैशाख १६ : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई-मधेस द्रुतमार्ग दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ। समितिले बुधबार एक पत्र लेख्दै ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको हो।

फास्ट ट्र्याकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंका गर्दै समितिले यसअघि नै तीनपटक रक्षा मन्त्रालयलाई पत्र लेखेर ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो।

समितिले चैत १९ गते दोस्रो प्याकेजअन्तर्गतको ठेक्का प्रक्रियाको सुरुवातमै अनियमितता भएको ठहर गरेको थियो। समितिले छलफलपछि उक्त ठेक्का प्रक्रिया रद्ध गर्न निर्देशनसमेत दिएको थियो । तर, वैशाख १२ गते समितिको निर्देशन बेवास्ता गर्दै आयोजनाले टेन्डर आह्वान गरेको थियो।

संसदीय समितिको निर्देशन विपरीत टेन्डर प्रक्रिया अगाडि बढाइएकाले सीधै नेपाली सेनालाई पत्र लेखिएको पनि सचिव पाण्डेले बताए।

हेर्नुहोस् पत्र

 

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्