Kathmandu Press

निषेधाज्ञामा पेट्रोल पम्प खुलै रहने

काठमाडौं, वैशाख १६ : निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन्...
निषेधाज्ञामा पेट्रोल पम्प खुलै रहने

काठमाडौं, वैशाख १६ : निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । 

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल रूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ। उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। 

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहीबारदेखि लागू हुने गरी कोरोना सङ्क्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन्। निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो। 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्