भोलिबाट सीईडीबी हाइड्रोपावरको साधारण सेयर निष्कासन हुने
काठमाडौं, वैशाख १६ : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि (२०७८ वैशाख १७ गते शुक्रबार) बाट साधारण सेयर निष्कासन गर्ने भएको छ। सो कम्पनीले...
काठमाडौं, वैशाख १६ : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि (२०७८ वैशाख १७ गते शुक्रबार) बाट साधारण सेयर निष्कासन गर्ने भएको छ। सो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
साधारण सेयरको निष्कासन तथा बिक्रीका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरिएको छ।
कुल साधारण सेयरमध्ये २.५ प्रतिशत (५० हजार ३ सय ६५ कित्ता सेयर) कर्मचारी र ५.५ प्रतिशत (१ लाख २५ हजार ९ सय ११ कित्ता सेयर) म्युचुअल फन्डलाई छुट्याएको कम्पनीले जनाएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने जनाइएको छ।
साधारण सेयर निष्कासन गर्नुअघि नै कम्पनीले देशव्यापी अभियानमार्फत ठूलो संख्यामा अग्राधिकार सेयरसमेत बिक्री गरिसकेको छ। यो कम्पनीले लमजुङमा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी दुई हाइड्रोपावर परियोजना सञ्चालन गरिरहेको छ।
कम्पनीका अनुसार साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ। साधारण शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ। हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ।











