Kathmandu Press

विद्यालयमा लागुऔषधविरुद्धको एकाइ गठन गर्न सरकारको निर्देशन

काठमाडौं, जेठ ३० : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषधविरुद्धको एकाइ गठन गर्न निर्देशन ....

विद्यालयमा लागुऔषधविरुद्धको एकाइ गठन गर्न सरकारको निर्देशन

काठमाडौं, जेठ ३० : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषधविरुद्धको एकाइ गठन गर्न निर्देशन दिएको छ। 

गृह मन्त्रालयको अनुरोधमा संघीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिए। 

मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा आगामी असार ११ गते प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको हो। दिवस नेपालसहित विश्वभर मनाइन्छ। 

लागुऔषधको दुव्र्यसनबाट बालबालिका र युवा बढी प्रभावित हुने भएकाले लागुऔषधविरुद्ध जनचेतना जगाउन आवश्यक रहेकाले प्रत्येक विद्यालयमा एकाइ गठन गर्न थालिएको उनले बताए। सरकारले दिवस आगामी असार ६ देखि ११ गतेसम्म मनाउने निर्णय गरेको छ।
 

प्रकाशित मिति: ००:४८ बजे, शुक्रबार, जेठ ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्