Kathmandu Press

त्रिशूलीमा बेपत्ता एकजनाको शव भेटियो

त्रिशूलीमा बेपत्ता एकजनाको शव भेटियो

चितवन, वैशाख १६ : निर्माणाधीन पुल भाँचिँदा बेपत्ता भएका अर्का एकजनाको शव आज (बिहीबार) भेटिएको छ। भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो।

भरतपुर महानगरपालिका-१ स्थित ठिमुरा-देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिदा दुई बेपत्ता भएका थिए। बेपत्तामध्ये अर्को एकजनाको शव बुधबार भेटिएको थियो।

निर्माणाधीन पुलमुनि नै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार शवलाई गोताखोरका टोलीले निकाली भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति: १३:४२ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्