साँगा नाकामा कडाइ
काठमाडौं, वैशाख १५ : कोरोना भारुइरस तीव्र गतिमा फैलिरहेको अवस्थामा संक्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको...
काठमाडौं, वैशाख १५ : कोरोना भारुइरस तीव्र गतिमा फैलिरहेको अवस्थामा संक्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ।
अरनिको राजमार्ग हुँदै काठमाडौंं प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फर्कारहेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताए। ‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन प्रवेश गर्न दिएका छैनौंँ ,’ उनले भने, ‘हिजो यात्रुहरु लिएर गाउँ गएका गाडीहरु फर्किरहेकामा चालक र सहचालक भएकालाई मात्रै प्रवेश गर्न दिएका छौं।’
साँगा भएर बुधबार यात्रु लिई गाउँ गएका सवारी साधन उपत्यका प्रवेश गर्नका लागि साँगा नाकामा पुग्ने गरेका छन्। त्यसरी गएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ।











