धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु
धनगढी, वैशाख १६ : कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३...
धनगढी, वैशाख १६ : कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिए। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो।
प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











