भक्तपुर नगरपालिकामा आइसोलेसन केन्द्र र हाई डिपेन्डेन्सी युनिट सञ्चालन
काठमाडौं, वैशाख १६ : भक्तपुर नगरपालिकाले कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि आइसोलेसन केन्द्र र हाई डिपेन्डेन्सी युनिट (एचडीयु) सञ्चालनमा ल्याउने भएको छ ।बिहीबारदेखि सञ्चालन गरिने...
काठमाडौं, वैशाख १६ : भक्तपुर नगरपालिकाले कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि आइसोलेसन केन्द्र र हाई डिपेन्डेन्सी युनिट (एचडीयु) सञ्चालनमा ल्याउने भएको छ ।
बिहीबारदेखि सञ्चालन गरिने उक्त केन्द्रमा सामान्य संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ बेडको एचडीयुको व्यवस्था गरिएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) का पदाधिकारीहरुको टोलीले बुधबार स्थलगत निरीक्षण समेत गरिसकेको नगरपालिकाले जनाएको छ ।
यस्तै जनतालाई घर बाहिर निस्कनु परेको अवस्थामा जनस्वास्थ्यको मापदण्डको पुर्ण पालना गरेर मात्र निस्कन टोल–टोलमा माइकिङ गरिरहेको नगरपालिकाका प्रमुख सुनिल प्रजापति बताउँछन्।
भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप १७ हजार ७ सय ८ जनाले लगाएका छन् भने कोभिसिल्डको दोस्रो डोज ७ सय १ जनालाई दिइएको नगरपालिकाले जनाएको छ ।











