Kathmandu Press

टुँडालदेवी जात्रा दूरी कायम गरी विधि पूरा गरिने

काठमाडौं, वैशाख १६ : उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरु भएको काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा...
टुँडालदेवी जात्रा दूरी कायम गरी विधि पूरा गरिने

काठमाडौं, वैशाख १६ : उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरु भएको काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ।

चैते दशैँदेखि लिङ्गो उठाएर शुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए। शुक्रबार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइने छ। यो जात्रामा धेरैको भीड हुने भए पनि कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण विधिमात्र पूरा गरिने छ।

वैशाख २१ गते देवता मन्दिर भित्र्याएपछि जात्रा समापन गरिन्छ । जात्राका बीच आजदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि बाँकी विधि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डबमोजिम भौतिक दूरी कायम गरी मास्क, स्यानिटाइजरलगायत सुरक्षा विधि उपयोग गरेर गरिने उनले बताए।
 

प्रकाशित मिति: ११:०६ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्