Kathmandu Press

भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द

भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द

चितवन, वैशाख १६ : कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएपछि भरतपुर अस्पतालमा शुक्रबारदेखि बहिरङ्गसहितका सेवा बन्द हुने भएको छ। अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी सेवा बन्द गर्ने जनाएको हो। 

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीको संयोजकत्वमा बसेको बैठकले अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा यथावत राख्ने र ज्वरो आएका बिरामीका लागि अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ। पछिल्लो समय दिन प्रतिदिन कोरोना सङ्क्रमितको बिरामी बढ्दै गइरहेकाले बहिरङ्ग सेवा बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ। 
 

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्