Kathmandu Press

अमेरिकाको ढिलो र प्रतीकात्मक सहयोगप्रति भारत कृतज्ञ बन्नु आवश्यक छ ?

 अन्तर्राष्ट्रिय समुदायको ठूलो दबाबपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गत सोमबार अमेरिका भारतलाई ‘सहयोग’ गर्न कटिबद्ध रहेको बताए । तीन सयभन्दा बढी ‘अक्सिजन कन्सन्ट्रेटर’...
अमेरिकाको ढिलो र प्रतीकात्मक सहयोगप्रति भारत कृतज्ञ बन्नु आवश्यक छ ?

 

अन्तर्राष्ट्रिय समुदायको ठूलो दबाबपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गत सोमबार अमेरिका भारतलाई ‘सहयोग’ गर्न कटिबद्ध रहेको बताए । तीन सयभन्दा बढी ‘अक्सिजन कन्सन्ट्रेटर’ न्युयोर्कबाट भारतका लागि पठाइएको छ । गत सातासम्म भारतलाई सहयोग गर्न नकारात्मक देखिएको अमेरिकाको दृष्टिकोणमा एकाएक परिवर्तन आएको छ ।

बेलायत, फ्रान्स र जर्मनीलगायत अमेरिकाका मित्र मुलुकले पनि भारतलाई सहयोग गर्ने घोषणा गरेका छन् । र, वासिङ्टनले आफूहरूँग त्यसका लागि समन्वय गरेको सन्देश ती मुलुकले प्रवाह गर्न खोजेको देखिन्छ ।

Hardik ivf

धेरै भारतीयले अमेरिकी सहायता धेरै ढिलो आएको मात्र होइन, प्रतीकात्मक मात्र रहेको गुनासो गरिरहेका छन् । विश्वको दोस्रो ठूलो जनसंख्या भारतका लागि हजारौँ ‘अक्सिजन कन्सन्ट्रेटर’ अपर्याप्त हुन्छ । किनकि, भारतलाई अहिले हजारौँ होइन, लाखौँ लाख अक्सिजन कन्सन्ट्रेटर आवश्यक छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र भारतीय समकक्षी अजित डोभालबीच आइतबार भएको फोन वार्तापछि ह्वाइटहाउसले तत्काल भारतलाई कोभिड–१९ खोपका लागि आवश्यक कच्चापदार्थको आपूर्ति र अन्य सहयोग पठाउने बताएको छ । अझै पनि अमेरिकाले आफ्नो मुलुकबाट भारतमा सामान निर्यातलाई सीमित गर्नेछ र कार्यान्वयन प्रक्रियामा चुनौती बाँकी नै छ ।

बाइडेन राष्ट्रपति निर्वाचित भएको सय दिन बित्दा उनको ‘अप्रुभल रेटिङ’ ५२ प्रतिशत मात्र छ । सन् १९४५ यताको आँकडा नियाल्दा डोनाल्ड ट्रम्प र जेरल्ड फोर्डको तुलनामा यो तेस्रो न्यूनतम विन्दु हो । बाइडेनले रिपब्लिकन पार्टी र केही डेमोक्र्याकको चर्को दबाब सामना गरिरहेका छन् । ‘अमेरिका फस्ट’ नी अमेरिकी समाजमा गहिरो रूपमा अन्तर्निहित भएको छ । र, यो यस्तो ‘रेड लाइन’ बनेको छ, जसलाई क्रस गर्ने हिम्मत बाइडेनसँग छैन ।

अमेरिकाको रणनीतिक स्वार्थका दुई कारण छन् । पहिलो– अमेरिकी प्रणालीमा अन्तर्निहित प्रकृति नै हो, व्यक्तिगत स्वार्थलाई बढावा दिनु । दोस्रो– अमेरिका असाधारण रूपमा कमजोर बनेको छ । र, यो आफ्नो ‘नेतृत्वदायी भूमिका’ वहन गर्न नसक्ने अवस्थामा छ । भारत एक विशाल जनसंख्या भएको देश हो । लामो अवधिमा अमेरिकाले अरू सहयोगीको तुलनामा भारतलाई ‘नेतृत्व’ दिन अझै धेरै मूल्य चुकाउनुपर्नेछ ।

महामारीविरुद्धको विश्वव्यापी लडाइँमा विज्ञान र मानवीय तर्क दुवै असफल सावित भएका छन् । यो महामारीविरुद्धको लडाइँमा एक अस्वस्थकर पाटो हो । यो लडाइँमा भूराजनीतिक सोच कहिल्यै टाढा भएको छैन । र, त्यसले समय–समयमा महामारीविरुद्धको लडाइँमा अवरोध पु¥याएको छ । कुनै बेला त यो सोच ‘डोमिनेटिङ’ भूमिकामा देखिँदै आएको छ ।

भारत कठिन परिस्थितिसँग संघर्ष गरिरहेको छ । तर, महामारीसम्बन्धी जानकारीमा अझै पनि भूराजनीतिक समस्या सतहमै प्रकट भएको छ, जुन निन्दनीय छ । कोभिड–१९ का बिरामी एक्लै–दोक्लै होइन, समूहमा मृत्युवरण गरिरहेका छन् । तर, अझै पनि केही मानिस भारतले कुन देशको सहयोग लिनुपर्छ र भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धमा यसले के अर्थ राख्छ भन्ने बहसमा खुम्चिएका छन् ।

आशा गरौँ, भारतले महामारीमाथि चाँडै विजय पाओस् । जब महामारीविरुद्ध लड्ने कुरा आउँछ, मानिस साझा भविष्यका लागि बाँच्ने प्राणी हो भन्ने भुल्नु हुँदैन । दक्षिण एसियाको ठूलो मुलुक भारतमा महामारीले उग्र रूप लिनुको अर्थ त्यस क्षेत्रकै लागि बढ्दो जोखिम हो । भारतले घट्दो मृत्युदर कसरी प्राप्त गर्न सक्छ भन्ने कुरा यस क्षेत्रका अन्य विकासशील मुलुकका लागि उपयोगी अनुभव हुनसक्छ ।

गर्मीयाम सुरु भएसँगै भारतमा पत्ता लागेको कोरोना भाइरसको नयाँ प्रकार उग्र रूपमा फैलिरहेको छ । यो अवस्थमा उच्च अन्तर्राष्ट्रिय सतर्कता अपनाउनु आवश्यक छ । सुनामीकै रूप लिएको भारतमा कोभिड–१९ को उच्च प्रसारले महामारीविरुको लडाइँ ‘लामो विश्वयुद्ध’ झैँ प्रतीत हुन्छ । र, अझ बढी रणभूमि र युद्ध सामुन्ने छन् भन्ने कुरामा सतर्कता आवश्यक छ ।

जे हो्, महामारीविरुद्धको विश्वव्यापी लडाइँमा अमेरिकाले भारता लागि थोरै सकारात्मक योगदान दिएको छ । भारतलाई सहयोगको हात बढाउने पहिलो अमेरिकी कदम महत्त्वपूर्ण सावित होस् भन्ने आशा गरौँ । अमेरिका स्वयंले पनि महामारीविरूद्ध विश्वव्यापी लडाइँलाई गम्भीरताका साथ लिएकामा शंका छैन ।

सन् २०२० देखि कोभिड–१९ महामारीले विश्वका अधिकांश मुलुक र क्षेत्र प्रभावित भएका छन् । मृत्युदर ह्वात्तै बढेको छ र विश्वले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । त्यसका बावजुद कतिपय मुलुकले राष्ट्रिय सुरक्षामा अपनाउँदै आएको परम्परागत शैली छाड्न सकेका छैनन् । यो रणनीतिक त्रुटि हो । यति ठूलो महामारीबाट पनि अमेरिकाले आफ्नो भ्रामक भूमिकालाई टाढा मिल्काउन सकेको छैन । यदि अमेरिका यही ‘नशा’मा रहिरहे अन्य धेरै मुलुक शान्त रहन सक्दैनन् ।

- द ग्लोबल टाइम्सको सम्पादकीयबाट 
 

प्रकाशित मिति: ०६:३१ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्