प्रचण्डले भने– मलाई भावी प्रधानमन्त्री प्रोजेक्सन गरेकोमा धन्यवाद
सिन्धुपाल्चोक, जेठ ३० : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको विकासमा सहयोग गर्न आफूले चिनियाँ नेतालाई चिठी लेखेको बताएका छन्। स....

सिन्धुपाल्चोक, जेठ ३० : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको विकासमा सहयोग गर्न आफूले चिनियाँ नेतालाई चिठी लेखेको बताएका छन्। सिन्धुपाल्चोकको एक विद्यालय भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अग्निजी (सापकोटा) केही दिनपछि चीन जानुहुन्छ। उहाँ आउँदै हुनुहुन्छ, उहाँसँग कुरा गर्न मैले चिनियाँ नेतालाई चिठी लेखेको छु।’ भारतीय दूतावासका प्रतिनिधिसहित दाताहरू उपस्थित समारोहलाई सम्बोधन गर्दै दाहालले आप्mनो सिन्धुपाल्चोकसँग विशेष सम्बन्ध रहेको र यसको विकासमा आफूले सकेसम्म सघाउने बताए।
तातोपानी नाका सर्वसाधारणलाई समेत सहज हुने गरी खोल्न पहल गर्ने आश्वासन दिँदै उनले यसबारे त्यहाँका नेता अग्नि सापकोटाले चीन भ्रमणका सिल्सिलामा चिनियाँहरूसँग कुराकानी गर्ने बताए । त्यसका लागि आफूले त्यहाँका नेतालाई चिठी लेखिसकेको जानकारी दिए ।
सिन्धुपाल्चोकको विकासमा र भूकम्प गएपछिको परिस्थितिको बारेमा, जुरेको पहिरोबारेमा, तातोपानी नाका खोल्नेदेखि आफ्नो बारेमा समेत धेरै कुरा आएको बताउँदै भने, ‘पूर्व प्रधानमन्त्री र भावी प्रधानमन्त्रीका रूपमा मलाई प्रोजेक्ट धेरै माथि पुर्याउने काम गर्नुभो । त्यसका लागि धन्यवाद ।’











