विदेश जानेका लागि पीसीआर परीक्षणमा नयाँ नियम

काठमाडौं, वैशाख १५ : विदेश जानेहरुका लागि कोरोना भाइरस संक्रमण (पीसीआर) परीक्षणका लागि नयाँ सरकारले नयाँ नियम लागू गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले बुधबार सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आई एम यू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरि उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको छ ।
‘कोभिड–१९ को पीसीआर विदेश जाने प्रयोजनका हकमा कोभिड–१९परिक्षण नतिजा सबै सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने र त्यहाँबाट प्राप्त रिपोर्टहरूमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आई एम यू अनलाईन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराईएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।












