शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी
काठमाडौं, वैशाख १५ : शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो आगलागी भएको छ।आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको...
काठमाडौं, वैशाख १५ : शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो आगलागी भएको छ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको काठमाडौं महानगरीय प्रहरीले जनाएको छ ।
टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयले खबर प्रहरीलाई खबर गरेका थिए। आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
गएको चैत २९ मा पनि शिवपुरी–नागर्जुन जंगलमा आगलागी भएको थियो ।
प्रकाशित मिति: १४:४७ बजे, बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











